


पोखरा । पूर्व मिस नेपाल तथा अभिनेत्री निकिता चाण्डकले भारतीय फिल्ममा काम गर्ने भएकी छन् । उनी भारतीय सुप्रसिद्ध निर्देशक सञ्जयलीला भन्सालीको आगमी फिल्मका लागि काम गर्ने भएकी छन् ।
इन्स्टाग्राममा भन्सालीसँगको तस्वीर सेयर गर्दै भारतीय फिल्ममा काम गर्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘सञ्जयलीला भन्साली सरको सिनेम्याटिक दुनियाँको सानो हिस्सा हुन पाउँदा अत्यन्तै आभारी र उत्साहित छु । भारतमा मेरो पहिलो परियोजना यो भन्दा राम्रो अरू हुन सक्दैनथ्यो ।’ तर उनले कस्तो र कुन खाले सिनेमामा आफूलाई जोड्न सफल भएकी हुन भन्ने बारेमा भने केही जानकारी दिएकी छैनन् । अभिनेत्री मनिषा कोइरालापछि भन्सालीसँग काम गर्ने निकिता दोस्रो नेपाली कलाकार हुन् ।


‘साङलो’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी चाण्डकले अभिनय गरेको ‘राजागन्ज’ हाल प्रर्दशनमा छ । दीपक रौनियार निर्देशित यो फिल्ममा उनले इन्सपेक्टर ममता गुप्ताको भूमिका निर्वाह गरेकी छन् ।
