काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ प्राप्त हुने मुनाफा उनकै घर निर्माणमा प्रयोग गरिने भएको छ । गत फागुन २९ गते होलीलाई लक्षित गर्दै प्रदर्शन सुरु भएको चलचित्रले आक्रमक व्यापार गरेको छ ।

निर्माता प्रेमकुमार श्रेष्ठले कप्तान सुब्बालाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका हुन । उनै श्रेष्ठले ‘अञ्जिलाको आफ्नै घर’ अभियान सञ्चालन गरेका छन् । नेपालमा प्रदर्शनबापत आउने रकम र त्यस अगाडि हङकङ, बेलायत र दक्षिण कोरियामा गरिएको विशेष प्रदर्शनीबाट संकलन भएको रकमले कप्तान सुब्बाको सपना पूरा गर्न लागेको उनले बताएका छन् ।

कप्तान सुब्बा आफैँले अभिनय गरेका कारण दर्शक उनको संघर्ष र सफलतासँग भावनात्मक रुपमा जोडिएको निर्देशक मिलन चाम्सले बताए । चलचित्रमा कप्तान सुब्बासँगै दयाहाङ राई, विजय बराल, प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

 

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *