


पोखरा । पछिल्लो समय निकै भाइरल बनेको दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । विश्वका १०० म्युजिक भिडियोको सूचीमा यो गीत ७७ औं स्थानमा पर्न सफल भएको हो ।
यो गीतलाई अहिलेसम्म ३ करोड ९६ लाख पटक हेरिएको छ । यति मात्र होइन, यो गीत केही समयदेखि लगातार धेरै हेरिने चार्टको सूचीमा छ ।


युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने यो चौंथो नेपाली गीत हो । यसअघि कश्मिरे पछ्यौरी, सारंगी र रुकुम मैकोट परिसकेका छन् ।
