


पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको विजेनेस डेभलमेन्ट म्यानेजरको रुपमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । उनी ९ वर्षदेखि उक्त भिसा सर्भिसमा मार्केटिङ र पब्लिक रिलेसनमा काम गर्दै आएका थिए ।
अहिले एक्सपर्टले विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । एक्सपर्टले हाल अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको जनाएको छ ।


