


पोखरा । केदार घिमिरे अर्थात ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ। फिल्मको छायांकन भने शिवरात्रीको दिनबाट सुरू हुनेछ । तथापी फिल्मको प्रदर्शन मिति छायांकन नहुँदै तय गरिएको छ ।
निर्माणटिमले एक पोस्टर सार्वजनिक गर्दैं प्रदर्शन मितिबारे जानकारी दिएको हो। ऋषि लामिछानेको निर्देशन रहेको फिल्मा केदारसहित वर्षा शिवाकोटी, शारदा गिरी, विल्सनविक्रम राई, शिशिर वाङदेल, मिस पबी, पुष्कर गुरुङको अभिनय रहनेछ।


आरम्भ प्रडक्सनको प्रस्तुतिमा मुनाल घिमिरेले निर्माण गरिरहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र सामीप्यराज तिमल्सेनाको पटकथा छ। केदार यस फिल्ममा पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। यसअघि उनी सहायक भूमिकामा देखिँदै आएका थिए।
