काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिन्नरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ।

गत वर्ष दुईवटा प्रतिबन्धित औषधी सेवनको परीक्षणमा सकारात्मक नतिजा आएपछि विश्व डोपिङ एजेन्सी ९वाडा० ले प्रतिबन्ध लगाएको हो। वाडा लगाएको तीन महिनाको प्रतिबन्ध उनले स्वीकार गरेका छन्।

गत महिना अस्ट्रेलियन ओपन जितेका २३ वर्षीय इटालियन खेलाडीलाई ९ फेब्रुअरीदेखि ४ मे सम्म निलम्बन गरिएको छ। अब उनी मे १९ देखि सुरु हुने वर्षको अर्को ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनमा खेल्न योग्य हुनेछन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *