चैत २९ मा मल्टिस्टारर एक्सन फिल्म ‘पिताम्बर’ प्रदर्शन तयारीमा छ । ट्रेलर सार्वजनिक गर्न सोमबार पत्रकार सम्मेलन आयोजना गरियो जहाँ ‘कास्ट एन्ड क्रू’ले फिल्मबारे चर्चा गरे ।

निर्देशक कृषा चौलागाईंले ‘पिताम्बर’ नयाँ कथामा बनेको बताइन् । आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो फिल्म बनाएको भन्दै त्यो कुरा ट्रेलर रिलिजमा देखिने बताइन् ।

अभिनेता प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्ने भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको दाबी गरे । फिल्म चाहना अनुसार बनेको भन्दै उनले पटकथाभन्दा पनि निर्देशकको नियत हेरे आफूले काम गरेको बताए ।

करिअरमा ‘पिताम्बर’ नयाँ खुड्किलो हुने उनको दाबी छ । निर्माता विशाल चौलागाईंले फिल्मप्रति आफ्नो रुचि बढ्दै गएकाले अझ राम्रो फिल्म बनाउनेमा आफू प्रतिबद्ध रहेको बताए ।

अभिनेत्री सुरक्षा पन्तले राम्रो टिमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । अभिनेत्री सुपुष्पा भट्टले फिल्ममा आफूले ‘इमोसनल’ चरित्र निर्वाह गर्नु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन् । अभिनेत्री दिव्या रायमाझीले फिल्म आफ्ना लागि राम्रो बनेको बताइन् ।

‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त लगायतको अभिनय छ ।

फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । आरआर फिल्मस्ले वितरण गर्दैछ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *