पोखरा । कास्की प्रहरीले डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी परेको थियो ।

काभ्रेपलाञ्चोकका दुई युवाले नेहा गुरुङ नामक फेक फेसबुक अकाउन्टमार्फत सम्पर्क गरी प्रलोभन देखाउँदै पीडितसँग छ लाख एक हजार नौ सय ५५ रुपैयाँ ठगेको थिए । उनीहरुलाई काठमाडौंको सोह्रखुट्टेबाट बुधबार नियन्त्रणमा लिइएको थियो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका वडा नम्बर ७ का १९ वर्षीय मनिष भुजेल र भुम्लु गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय निशान पहारी हुनुहुन्छ । कास्की प्रहरीले उहाँहरुविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट शुक्रबार सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक अविनाशदीप जिसीले जानकारी दिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *