काठमाडौँ जिल्ला अदालतमा आज पनि रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ । अव थप बहस बुधवार हुनेछ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछाने तर्फका २ जना बरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारीर दिनेश त्रिपाठीले बहस गरे भने ९ जना सरकारी वकिलले बहस गरेका थिए ।

भोली मंगलबार माघे संक्रान्तीको सार्वजनिक बिदा भएकाले मुद्दाको सुनुवाइ बुधबारमात्रै हुनेछ । त्यतिबेलासम्म लामिछाने न्यायिक हिरासतमै रहनेछन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रविविरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *