


पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीले गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । कास्कीले आगामी फागुन २ र ३ गते दोहोरी प्रतियोगिताको तयारी गरेको छ ।
कार्यक्रममा दोहोरी प्रतियोगितासँगै स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम समेत हुने प्रतिष्ठान कास्कीको अध्यक्ष तुलसा क्षेत्रीले बताइन् । दोहोरी गित प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, द्धितीय पुरस्कार नगद २५ हजार रुपैयाँ, तृतीय पुरस्कार १५ हजार रुपैयाँ ,सान्तवना पुरस्कार ८ हजार रुपैयाँ र प्रमाणपत्र र प्रतियोगि समूह मध्येबाट उत्कृष्ट पुरूष कलाकार र उत्कृष्ट महिला कलाकारलाई ५ हजार रुपैयाँ प्रदान गरिने प्रतिष्ठान क्षेत्रीले जानकारी दिइन् ।


गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको आर्थिक सहयोग, गण्डकी प्रज्ञा प्रतिष्ठान पोखरा र पोखरा महानगरपालिका को विशेष सहयोगमा उक्त प्रतियोगिता हुन लागेको हो ।
