काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् ।

काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् । चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह गरेकी थिइन् । उनले निवेदनमा सम्बन्ध विच्छेद गर्नुपर्ने कारण खुलाएकी छिन् ।

पति विष्णुले धेरै शंका गरेकै कारण सम्बन्धमा समस्या देखिएको निवेदनमा उल्लेख गरेकी छन् ।कार्यक्रममा बाहिर लामो समय बस्नुपर्ने अवस्थामा अनेक शंका–उपशंका गर्ने, कार्यक्रमको बीचमा फोन गरेर घर बोलाउनेजस्ता कारण आफूहरूबीच मनमुटाव भएको उनले उल्लेख गरेकी छिन् ।

म कार्यक्रममा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका उपशंकाको दृष्टिले हेर्दै अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुई बीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने’भनी सम्बन्ध विच्छेदका लागि फिराद पत्र दर्ता गरेकी हुन्।

निवेदन – 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *