


पोखरा । महानायक राजेश हमालले विदेश पढ्न जान चाहाने विद्यार्थीहरुले पहिलो निर्णय आफैले लिनुपर्ने बताएका छन् । गोरेटो एजुकेशन कन्सल्टेन्सीमा ब्राण्ड एम्बास्टर समेत रहेका हमालले बुधबार पोखरा शाखाको शुभारम्भ कार्यक्रममा कन्सल्टेन्सीहरुले राम्रो परामर्श दिएपनि आफ्नो भविष्यको निर्णय स्वयम् आफैले गर्नुपर्ने बताएका हुन् ।
‘‘विदेश पढ्न जाने कुरा खासै नौलो होइन् । पछिल्लो २० वर्ष यता विगतको भन्दा अत्याधिक भएको छ । विदेश पढ्न जाने भन्दैमा नेपालको शैक्षिक स्थिति, अवसर खराब भन्ने होइन् यहाँ पनि सहि किसिमको वातावरण पाउन सक्नुहुनेछ । तर, निर्णय तपाईँले गर्नुपर्छ , म के कारणले विदेश पढ्न जादैछु, मेरो रुची के छ, भविष्य के छ भन्ने निर्णय आफैले लिन पर्छ,’’ उनले भने ।


हमालले आफ्नो शैक्षिक सुरुवात पनि विदेशमै रहेको खुलाउनुभयो । विदेश पढ्न जाने भन्दैमा नेपालमा तिरस्कार गरेको, माया मारेको भन्ने तर्क उपयुक्त नहुने उनकोो भनाइ छ । ‘‘एउटा राष्ट्रबाट अर्को राष्ट्रमा आदनप्रदान भइरहेको हुन्छ । अमेरिका,क्यानडाबाट पनि केही विद्यार्थीहरु नेपाल पढ्न आएका छन् । उनीहरुको रुची केही न केही नेपालसँगै सम्बन्धित होला । आदानप्रदान हुनु नौलो र ठूलो कुरा होइन,’’ हमालले भने । आफ्नो भविष्य कता मिट हुन्छ त्यहाँ गएर भविष्य निर्धारण गर्न उहाँले विद्यार्थीहरुलाई आग्रह गरे ।
