


पोखरा । ड्याडिज किचनको चौथो शाखा शुक्रबारदेखि औपचरिक रुपमा सुरुवात भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको उक्त किचनको वडा नम्बर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र ८४ वर्षीय लक्ष्मीदेवी द्धाले संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।
सन् २०२२ मा बुटवलबाट सुरु भएको यो व्यवसाय पोखरामा आएको १० वर्ष भएको छ । उद्घाटनको दिन राष्ट्रिय कलाकार अस्मिता अधिकारी र महेश काफ्लेले साँगीतिक प्रस्तुति राख्नेछन् । माघ १५ गतेसम्म चल्ने उद्घाटन विशेष समारोहमा हाँस्यकलाकार सन्दिप क्षेत्री, गायक एसकुमार, कपिल पुन र नेशन पुनको समेत प्रस्तुति रहने ड्याडिज ग्रुपका अध्यक्ष कमलजंग कुँवरले जानकारी दिए ।


नेपालभर २२ वटा शाखा सञ्चालन गरेको यस ग्रुपले सात सय भन्दा बढीलाई रोजगारी दिलाएको छ । पोखरामा ४ शाखाहरुमा गरी २ सय ७० जनाभन्दा बढीले रोजगारी पाएको कुँवरले बताए । उनले चिप्लेढुंगामा सन्चालनमा आएको किचन चार करोड लगानी रहेको जानकारी दिए । ‘यहाँमात्र ८० जनालाई राजगारी दिइएको छ । यहाँ इन्डियन, नेपाली र इटाली स्वादका खानेकुराहरु पाइन्छ । मिटिङ हल, आरामदायी वातावरण, वर्थ डे लगायत विभिन्न कार्यक्रमहरुको सेलिब्रेसन, व्यवस्थित पार्किङ लगायतका सुविधा छन्, ’उनले भने ।
‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशीलताको सम्मान गरौं,’ भन्ने मुल नाराका साथ सुरुवात भएको व्यवसाय २०२५ मा भारतको राजधानी नयाँ दिल्लीबाट ड्याडिज किचन नामबाट थप सेवा विस्तार गर्ने योजना रहेको कँवरले सुनाए ।
