काठमाडौं । हाँस्य हेलिश्रृंखला ‘कमेडी दरबार’ टिमले फिल्म निर्माण गर्ने भएको छ । निर्माण टिमले पोस्टर सार्वजानिक गर्दै ‘क का कि की’ नामक फिल्म निर्माणको घोषणा गरेको हो ।
सार्वजानिक गरिएको पोस्टरमा गौरी मल्ल, तृप्ती नाड्कर, रेखा थापा र महेश त्रिपाठीलाई चित्रण गरिएको छ । फिल्ममा यी कलाकारको शीर्ष भूमिका हुनेछ ।
‘कमेडी दरबार’का कमेडियनहरू मिस पबी, पवन खतिवडा ‘म्याकुरी’, हिमेश पन्त, सुजता श्रेष्ठ, विश्वास तिम्सिना, सीडी विजय अधिकारीले पनि अभिनय गर्ने भएका छन् । चलचित्रको छायांकन आगामी दशैंको टीकाको भोलीपल्टबाट सुरु हुनेछ ।
घोषणा गरिएको पोस्टरमा देखाइएका कलाकारको भाव, फिल्मको टाइटल र जनरा अनुसार यो फिल्म कमेडी शैलीमा बन्न लागेको बुझन सकिन्छ ।
निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईंले संयुक्त रूपमा गर्नेछन् । निर्मात्री प्रसाई र सुमित्रा थापाको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको पटकथा विक्की अग्रवालले लेखेका हुन् भने कथामा विक्कीसहित, विकास अर्याल र सरोज भण्डारीको समेत लेखन रहनेछ ।