पोखरा । अमेरिकाको लसएन्जलसस्थित जंगलमा फेरी आगलागी फैलिएको छ । आगलागीका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ ।

सहरभन्दा करिब ७० किलोमिटरको दूरीमा आगलागी भएको छ । तीव्र हावा र सुख्खा झाडीका कारण डढेलो फैलिन मद्दत पुगिरहेको छ ।आगलागीका कारण अहिलेसम्म कुनै घरमा क्षति नपुगेको बीबीसीले जनाएको छ ।

आगलागि नियन्त्रणका लागि क्यालिफोर्नियाबाट अग्निनियन्त्रक दल मगाइएको छ । आगलागि भएको एक साताभन्दा बढी भइसकेको छ ।यसअघि पनि लसएन्जलस क्षेत्रको प्यासिफिक प्यालिसेड्स क्षेत्रबाट डढेलो फैलिएको थियो ।

यो डढेलोले लसएन्जलसको शहरी क्षेत्रको ठूलो हिस्सा सखाप पारेको थियो । डढेलोको चपेटामा परेर २५ जनाको मृत्यु भएको थियो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *