पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला बुधबार (आज) बिहान आफैं खोलेका छन् ।

मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आफैं खोलेका हुन् ।
गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरुले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।

सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरुले भने महानगरको बिशेष नगरसभाले पारित गरेका एजेण्डाहरु त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्यक्ष बिष्णु प्रसाद बरालले जानकारी दिए ।

नेपाली कांग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार, मेयर धनराज आचार्यसंग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु विच गएको मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित सातबुँदे सहमति अक्षरशं पालना गर्ने, सम्पुर्ण वडा कार्यालय, महाशाखा, शाखा लगाएत खर्च केन्द्रहरुका शिर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरु ठप्प हुन गएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगरसभा माघ ११ गते बोलाउने सहमति भएको छ ।

कांग्रेस संसदीय दलका नेता आफूहरु करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरु कार्यान्बयन गर्नमा प्रतिबद्ध भएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *