



पोखरा । चलचित्र विकास बोर्डले स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ वटा नेपाली फिल्मलाई सम्मान गर्ने घोषणा गरेको छ ।

बोर्डले सार्वजानिक गरेको विज्ञप्तिका अनुसार विसं २०५७ असार १६ गतेदेखि २०८२ साल जेठ मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरूमध्ये उच्च कमाइ गर्ने फिल्महरूलाई यो सम्मान प्रदान गरिनेछ ।


यी सम्मानहरू आगामी असार १६ गते आयोजना हुने बोर्ड स्थापनाको २५ औँ वार्षिकोत्सव समारोहमा प्रदान गरिनेछ । सोही समारोहमा ‘रियल टाइम बक्स अफिस’ को औपचारिक सुरुवात गरिने तथा बोर्डका सम्पूर्ण सेवाहरूलाई अनलाइन माध्यममा लैजाने कार्यको पनि शुभारम्भ गरिने कार्यक्रम रहेको छ ।
सम्मानका लागि देशभित्र स्वदेशी चलचित्रको न्यूनतम कमाई ५ करोड रुपैयाँभन्दा बढी कमाइ गरेका फिल्मका निर्माताहरूलाई ७ दिनभित्र आवश्यक प्रमाणसहित निवेदन दिन बोर्डले आग्रह गरेको छ ।
