

काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने भएको छ। निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो ।
चलचित्रको सार्वजनिक थिम पोस्टर नामजस्तै निलो कलरले पोतिएको छ। पोस्टरको बीचमा एक बालिका उभिएकी छिन् । जुङरुङ कपाल भएको उनको शरीरको कम्मरदेखि माथिको पछिल्लो भाग मात्र पोस्टरमा देखाइको छ।


स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को(प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । नरेन्द्र मैनालीले खिच्ने यो चलचित्र यहीँ वर्ष प्रदर्शनमा आउने निर्देशक चौहानको भनाई छ। केही समयपछि कलाकारको लाइनअप पनि सार्वजनिक गर्ने निर्देशक चौहान बताउँछन् ।
