काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रको सोमबार कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ । सांकेतिक दृश्यमा निलो रंग तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । यदि, मुख्य पात्र हुन् भने विजय बराल हुन् ।

दुब्लो पातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो । यो सिनेमा आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट शहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के–के गर्छ, त्यही यात्राको उतारचढाव फर्स्ट लुकमा देखाउने प्रयास गरिएको छ ।

चलचित्रको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना, मगर गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *