पोखरा । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ती हानेर लडाएको प्रस्ट देख्न सकिन्छ ।

मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडक पेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले हानेर लडाएका लडाएका छन् । उक्त मानिस लडिसकेपछि पनि ‘पावर देखाएको’, फोन गरेको’ भन्दै प्रहरीले बुटले लगातार हानेको उक्त भिडियोमा देखिन्छ ।

यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् । यो घटना चितवनमा भएको प्रहरीले स्रोतले बताएको छ । चितवनमा भएको भिडियोको विषयमा छानविनका लागि समिति पनि गठन भएको छ । घटनाको छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाइएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *