

काठमाडौं । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ मा अभिनेत्री दिव्या रायमाझी अनुबन्धित भएकी छिन्। दिव्याले यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई एक्सन अभिनेता विराज भट्ट र सुशील श्रेष्ठसँग स्क्रिन सेयर गर्नेछिन्। दिव्या र फिल्मको टिमबीच आइतबार कागजी सम्झौता भइसकेको छ। यस फिल्ममा दिव्या मुख्य भूमिकामा देखिने छिन्।
फिल्मको छायांकन साउनबाट सुरु गर्ने योजना निर्माणपक्षको छ। अब, केही कलाकारहरु फाइनल गरेर वर्कशप सुरु गर्ने निर्माणपक्षको भनाई छ। फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ।
