

काठमाडौं । उपेन्द्र सुब्बाको निर्देशन रहने सिनेमा ‘जारी २’को शुभ मुहूर्त गरिएको छ । शुभ मुहूर्तसँगै छायांकन सुरु भएको छ ।
पाँचथरबाट छायांकन सुरु भएको हो । यो सिनेमाको सम्पूर्ण छायांकन पाँचथरमा हुने निर्माण पक्षले जनाएको छ । जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा छायांकन हुनेछ । ‘जारी २’ सनेमा ‘जारी’को सिक्वेल हो ।


कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । सिनेमामा सिनेमामा अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मसको व्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् ।
