

पोखरा । अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीको नाटक घर कान्तिपुर थिएटरको ओपनिङ नाटक ‘मिरा’ बाट थापाले डेब्यू गर्न लागेकी हुन् ।
नाटकको रिडिङ र रिहर्सलको काम भइरहेको छ । यो नाटक जेठ १५ गतेदेखि मञ्चन हुनेछ । दीपक सिंजाली लिखीत उपन्यास ‘मीरा’ मा आधारित नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ । नाटकको नाट्य रूपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन् । अन्य पात्रहरूको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ ।


कान्तिपुर फिल्म एकेडेमीले गत महिना अभिनेता राजेश हमालबाट शिलान्यास गरेर नक्साल गैह्रीधाराको आफ्नै परिसर नाटक घर बनाएको हो । जसमा ओपनिङ नाटक रूपमा ‘मीरा’ मञ्चन हुने लागेको एकेडमीले जनाएको छ ।
