काठमाडौं । चर्चित भारतीय टिभी रियालिटी शो ‘बिग बोस’को सिजन १८ भएपछि चर्चामा आएकी भारतीय अभिनेत्री चुम दराङले अब नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छन् ।

छायांकन तयारीमा रहेको एक्सन फिल्म ‘ऐरी’मा चुमले अभिनेता प्रदीप खड्काको अपोजिटमा ‘अनस्क्रिन रोमान्स’ गर्नेछिन् । दुई सातामा छायांकन तयारीमा रहेको यो फिल्मको कार्यशालाको लागि अभिनेत्री चुम यतिबेला काठमाडौंमा छन् । स्रोतका अनुसार काठमाडौं आएदेखि उनले हर्स राइडिङ (घोडा सवारी) सिकिरहेकी छन् भने डाइलग पनि कण्ठ पारिरहेकी छन् ।

यो फिल्मको मुख्य खलपात्रको भूमिकामा चाहिँ भुटानी अभिनेता सांगे सेल्ट्रिमले अभिनय गर्दैछन् । शाहरुख खानको बलिउड फिल्म ‘जवान’मा समेत अभिनय गरेका सांगेले ‘ऐरी’को लागि केही समयदेखि काठमाडौं आउजाउ गरिरहेका छन् ।

‘ऐरी’लाई जीवन थापाले निर्देशन गर्नेछन् । उनले यही फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । नेपाली र हिन्दी भाषामा तयार हुन लागेको फिल्मको ३ महिना छायांकन र भिएफएक्समा ७÷ ८ महिना समय लाग्ने जनाइएको छ । भिएफएक्समा मात्र ६ करोड बढी खर्च हुने अनुमान छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *