पोखरा । आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को टिजर सार्वजानिक गरिएको छ । टिजरमा फिल्मले सहकारी ठगीको विषय उठाएको बझु्न सकिन्छ । फिल्ममा अभिनेता दयाहाङ राई सहकारी प्रमुखको भूमिकामा छन् ।

झन्डै २ मिनेट लामो टिजरमा पैसाले निम्त्याएको पारिवारिक तथा सामाजिक द्वन्द्व र सहकारीको पैसा अपचलन भएपछि उत्पन्न परिस्थितिलाई देखाइएको छ । टिजरअनुसार आर्यन सिग्देल गाउँपालिका अध्यक्षको भूमिकामा छन् । खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई पति(पत्नीको रूपमा देख्न सकिन्छ । गौमाया गुरुङले दयाहाङको श्रीमतीको भूमिका निभाएकी छन् ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्ममा मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *