पोखरा । विपिन कार्की र मिरुना मगर स्टार रहेको फिल्म ‘ऊनीको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजानिक गरिएको छ । पाँचथर आसपासका सुन्दर प्राकृतिक दृश्य समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी विपिन कार्की र मिरुना मगर चित्रित छन् । गीतमा उनीहरुको प्रेमभावलाई देखाउन खोजिएको छ ।

आगमी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको उक्त फिल्मको गीतमा गीतमा युवराज काफ्लेको शब्द रचना, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको युगल गायन रहेको छ ।

यो फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

नविन चौहानले पिल्मको लेखन तथा निर्देशन गरेका हुन् । आर्टमाण्डु नेपाल प्रालिको निर्माण रहेको फिल्ममा सागर वुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *