


पोखरा । दीपन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४४ सेकेण्ड लामो टिजरले काठमाडौंमा घर हुने र डेरामा बस्ने पात्रहरुको संघर्ष, दुःख, पीडा र वियोगको कथा प्रस्तुत गरेको छ ।
चर्चित उपन्यासकार तथा कवि बुद्धि सागरको लेखन रहेको फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतको अभिनय छ । फिल्मको निर्माताहरुमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।


यो फिल्म आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । यसको अघिल्लो श्रृंखला २०७९ सालमा रिलिज भएको थियो ।
