


पोखरा । साहित्यकार इन्द्रबहादुर राईको चर्चित कथामा आधारित चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट लामो ट्रेलरले फिल्मको कथावस्तु ‘जार’ संस्कृतिमा आधारित रहेको देखाउँछ ।
ट्रेलरमा अनुपविक्रम शाहीकी श्रीमती (गीताञ्जली थापा) सँग सौगात मल्लले भागेर विवाह गरेपछि समाजले गरेको निर्णय र अनुपले सौगातलाई खुकुरी लिएर जङ्गलमा लखेटेको दृश्य देखाइएको छ । ४ वर्षअघि निर्माण भएको यो चलचित्र १८ औँ शताब्दीको उत्तरार्धतिर नेपाली समाजमा घटेको एउटा सत्य घटनामा आधारित छ ।


फूर्वा छिरिङ लामाद्वारा लिखित र निर्देशित यस चलचित्र आगामी वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।
