पोखरा । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा:  घर नं २’को तीनवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्मका सार्वजनिक तीन पोस्टरमा प्रेम, तनाव, नैराश्यता र खुसीको मिश्रण छ ।

तीन पोस्टरमध्ये एउटामा अभिनेता निश्चल बस्नेत तनावूर्ण अवस्थामा दौडिरहेका देखिन्छन् । दोस्रो पोस्टरमा अभिनेत्री उपासना सिंह ठकुरीप्रति अभिनेता खगेन्द्र लामिछानेको प्रेमभाव देख्न सकिन्छ ।

तेस्रो पोस्टरमा भने निश्चल, खगेन्द्र र उपासनासहित आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित लगायत चित्रित छन् । घरको ६ वटा झ्यालबाट उनीहरुको मनोदशालाई प्रस्तुत गरिएको छ । कोही खुसी त कोही निराश भावमा देखिएका छन् । यसबाट घरधनी र भाडावालको जीवन दर्शाउन खोजिएको देखिन्छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा कर्नाली ब्लुज’, ‘एक्लो’, ‘फिरफिरे’, ‘उसले दिएको उमेर’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *