


पोखरा । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ ।
फिल्ममा पहिलो कलाकारको रुपमा गौमाया गुरुङ भित्रिएकी छन् । ‘कबड्डी ४’, ‘फूलबारी’, ‘महाजात्रा’ जस्ता फिल्ममा सशक्त भूमिकाका लागि परिचित गौमाया रंगमञ्च पृष्ठभूमिकी हुन् ।


यो फिल्म आगामी भदौ २७ गते रिलिज हुनेछ। चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ। यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेव्यु निर्देशकीय सिनेमा हो।
