


पोखरा । धारिलो हतियार (खुँड) प्रहार गरी फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ सेदीबाट धारिलो हतियार प्रहार गर्ने पोखरा –१७, बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले धारिलो हतियारसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
फागुन २ गते साँझ करिब ६ बजे एक व्यक्तिले खुँडाको प्रहार गरी भागेको खबर पाएपछि अस्थायी प्रहरी बिट सेदी, कास्कीबाट प्रहरी टोली खटिएको थियो। घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ। मनिषले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।


कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी ठकुरीमाथि ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
