पोखरा । चोलेन्द्र पौडेल र तुलसी क्षेत्रीको स्वरमा रहेको ‘घर मेरो कास्की’ बोलको गीत सार्वजनिक भएको छ। गीत चोलेन्द्र पौडेलको शब्द र संगीतमा बनेको हो।

सुनिल क्षेत्री र अस्मिता रणपालको अभियन रहेको भिडिओलाई होम गुरुङले निर्देशन गरेका हुन्। अबी वाग्लेले कोरियोग्राफी गरेको भिडियो गणेश सापकोटाले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।

गायिका तुलसी क्षेत्रीको आफ्नै युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। गीतलाई टिकटकमा निकै रुचाइएको छ ।

गायिका क्षेत्रीले स्वर भरेका यस अघिका गीतहरुमा ‘मनले रोजेको, अब ढिला भैसको जाम झोला बोकेर, मोहनि बोलिमा, दाइ दाइ नभन मलाइ’ लगायत धेरै रहेका छन भने गायक पौडेलका ‘जाम झोला बोकेर, पानी मुनी मुनी, हुन्छ भने हुन्छ भन, पालेदाई’ लगायतका गीत चर्चित छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *