


पोखरा । फागुन २ अर्थात प्रेम दिवसको दिन रिलिज हुने फिल्म ‘दुखी आत्मा’ बिना काँटछाँट सेन्सर पास भएको छ । जाँचपास समितीले यो फिल्मलाई ‘पिजी’ सर्टिफिकेट प्रदान गरेको छ ।
अब, यो फिल्म हेर्नका लागि १६ बर्ष तलका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्नेछ । यो फिल्मको ट्रेलर सार्वजानिक भएसँगै चर्चामा आएको थियो । ट्रेलरमा एडल्ट सिनेमाका संवादहरू प्रशस्त सुन्न पाइन्छ । दृश्यभन्दा पनि एडल्ट सिनेमामा हुने संवादसँगै मुख्य पात्रमा रहेको समस्या देखाइएको छ ।


चलचित्रमा श्रवण मुकारुङका १० कविता समावेश गरिएको छ । फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतको अभिनय छ । फिल्मलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । फिल्मलाई दिपेन्द्र लामाले निर्देशन गरेका छन् ।
