पोखरा । पछिल्लो समयका व्यस्त गायक तथा संगीतकार हुन, खेम सेन्चुरी । मेला महोत्सव देखि नयाँ गीत रेकर्डसम्म उनको व्यस्तता चुलिएको छ । उनले एक पछि अर्को ब्लकबस्टर गीतहरु पस्किएका छन् । उनकै सिर्जनामा हालसालै रिलिज भएको ‘मायालाई पानको पात’ र ‘म त ढले ढले’ बोलेको गीत करोड क्लबका पुगेका छन् । शनिबार मात्रै उनको गीत ‘अरेली काँडैले मलाई च्वास्स’ पहिलोपटक १० करोड भ्यूज पाउने लोकगीत बनेको छ ।

उनै गायक तथा संगीतकार सेन्चुरी फिल्ममा डेब्यू गर्ने भएका छन् । सुहना इन्टरटेनमेन्टबाट बन्ने ‘ए मेरो हजुर ५’ को लागि उनी संगीतकारको रुपमा साइन गरेका छन् । सेन्चुरीले सामाजिक सञ्जालमा यो विषयमा खुशी व्यक्त गर्दै जानकारी दिँदै लेखेका छन्, ‘जीवनमा सबैखाले चुनौती स्वीकार गर्दै अघि बढियो । यो क्रम जारी नै छ । फलको आशा नराखी कर्ममा विश्वास गर्दा यहाँहरुको अपार मायाले एकपछि अर्को सिँढी उक्लने प्रयास गर्दैछु ।

मेरो साँगीतिक जीवन पहिलो पटक नेपाली चलचित्रसँग पनि जोडिने भएको छ । सुपरिचित र शसक्त ब्यानर ‘सुहाना इन्टरटेन्टमेन्ट’को निर्माणमा बन्ने नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर–५’ का लागि साँगीतिक सहकार्य गर्दैछु । आशा छ माया गरिदिनुहुनेछ । यो अवसर प्रदान गर्नुहुने आदरणीय व्यक्तित्वहरु निर्देशक एवम् मलाई मनपर्ने नायिका झरना थापा ज्यू र निर्माता सुनिल कुमार थापा ज्यू प्रति हार्दिक नमन व्यक्त गर्दछु ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *