नेपालका व्यावसायिक टेनिस खेलाडी अभिषेक बाँस्तोला जापानमा भएको यूटीआर प्रो टेनिस टुरको पहिलो खेलमा पराजित भएका छन् । जापानको नोडामा भएको प्रतियोगिताको मेन्स सिंगल्समा अभिषेकलाई जापानका ताकेतो ताकामिसावाले ६–२, ६–३ को सोझो सेटमा पराजित गरेका हुन् ।

२० हजार अमेरिकी डलर पुरस्कार राशि भएको यूटीआर प्रो टेनिसमा प्रतियोगिताको नोडा सिटीस्थित रोयल एससी टेनिस क्लबमा भइरहेछ । विभिन्न देशका ३ हजारभन्दा बढी खेलाडीको सहभागिता रहने यूटीआर टुरमा नेपालबाट भाग लिने अभिषेक एक्लो प्रतिस्पर्धी हुन् । उनले राउन्ड रोबिनको अर्को खेल बुधबार खेल्नेछन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *