

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरु प्राप्त गरेको छ ।
अनधिकृत रुपमा रुख कटान गर्ने कार्य कानुनतः दण्डनीय हुने कुरा सचेत गराउँदै रुख कटानमा संलग्न जो कोहीलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने सार्वजानिक सूचना निकालेको छ ।


अनुमति बिना सार्वजनिक स्थानमा रहेका रुख तथा विरुवाहरु कटान र बिक्रीवितरण गर्न नपाइने सम्बन्धित सवैलाई जानकारी गराउँदै आफ्नो टोल छिमेकमा रहेका ऐतिहासिक चौतारी तथा रुख विरुवाहरूको संरक्षणमा प्रतिवद्ध बन्न महानगरपालिका अनुरोध छ ।
महानगरपालिकाले अनुगमनका क्रममा काटिएका रुखहरूको विवरण संकलन गरिरहेको र अनधिकृत रुपमा रुख कटान कार्यमा संलग्नको पहिचान गरी प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अघि बढाउने व्यहोरा समेत सूचित गरिएको छ ।