पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा अवलोकनकर्ता दर्शकको उत्साहजनक सहभागिता बढेपछि २ दिन थप गरिएको महोत्सवका संयोजक तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीले जानकारी दिए ।

माघ १० गतेदेखि सुरु भएको महोत्सवको समापन माघ १९ गते गरिने आयोजकले तयारी गरेको छ । पोखराको प्रदर्शनी केन्द्र नयाँबजारमा जारी महोत्सवमा दर्शकको भीड बढेको छ । दर्शकको बाक्लो उपस्थितिसँगै महोत्सव स्थलमा राखिएका स्टलमा समेत उल्लेख्य कारोबार भएको महोत्सवका स्टल बिक्री संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए ।

महोत्सवमा मोवाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामग्री, लत्ता कपडा, श्रृंगारका सामग्री, कृषिका सामग्री, तरकारी लगायतको व्यापार बढेको सुवेदीले बताए । महोत्सवको सातौं दिन लोक दोहारी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल, पार्वती जिसी, कृष्ण भट्टराई, रमा गौतम, केशव घिमिरे लगायतको प्रस्तुतिमा दर्शकले मनोञ्जन लिए ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोबाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ भने टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्ने छन् । भ्युअर्सको आधारमा विजेता छनोट गरिनेछ ।

आइटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि सञ्चालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् ।

‘लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल वितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *