तस्बिरः रोयटर्स।

पोखरा । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकप्टरसँग ठोक्किएको छ ।

संघीय उड्डयन प्रशासनले दिएको जानकारी अनुसार स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो । विमान हेलिकोप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो । रेगन एअरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समार्फत सबै उडानहरू तत्कालका लागि रोकिएको बताएको छ ।

अमेरिकी एअरलाइन्सले विमानमा ६० यात्रु र चार चालक दलका सदस्य रहेको पुष्टि गरेको छ । ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *