


काठमाडौं । समाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट मंगलबार संघीय संसद सचिवालयमा उक्त विधेयक दर्ता गरिएको हो । फेसबुक, टिकटक, युट्यूव, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न सरकारले विधेयक ल्याएको बताइएको छ ।
नयाँ ऐनको आवश्यकताबारे विधेयकमा ‘सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न उल्लेख छ ।’


विधेयकमा कानूनविपरीतका सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने, पहिचान खुलाएर मात्र सामाजिक सञ्जाल चलाउन पाइने र कानूनविपरित कार्य गरेको पाइएमा १ करोड रुपैयाँसम्म जरिवाना तोक्न सकिने सहितका प्रावधान उल्लेख छ ।
सरकारले विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्ताले कसैको मानप्रतिष्ठामा आँच पु¥याउने, होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा ‘हेट स्पीच’ दिन नपाउने व्यवस्था उल्लेख गरेको छ ।
