


पोखरा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुका पूर्ण विक चयन भएका छन् । शनिबार तनहुँको बन्दीपुरमा भएको प्रथम अधिवेशनबाट विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा सन्तोष परियार (कास्की), महिला उपाध्यक्षमा लक्ष्मी सुनार (गोरखा), सचिवमा रामशरण नेपाली (कास्की), कोषाध्यक्षमा टोपबहादुर बिक (कास्की), सह सचिबमा अर्जुन हिताङ (पर्वत), सदस्यहरुमा लक्ष्मण विक (पर्वत), पूर्णिमा परियार (स्याङ्जा), श्यामशीतल परियार (लम्जुङ), अमृत विक (गोरखा), किरण गोतामे (नवलपुर), विमला परियार (म्याग्दी), आदित्य रसाइली (मुस्ताङ), सरस्वती ल्वागुन (मुस्ताङ) चयन भएका छन् ।


