पोखरा । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो ।

२०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो । यसपालि भने मुख्यमन्त्रीकै अग्रसरतामा माघ २२ गते नै गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको छ । सरकारले यो वर्ष फागुन ४ गतेको बिदा पनि कटौती गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *