



राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । भुटानमा हुँदा गाउँ पूरै नेपाली थियो । संस्कार, संस्कृति सबै नेपाली नै मानिन्थ्यो । नेपाल आएपछि त्यो झनै गहिरो बन्यो । तर अमेरिका पुगेपछि व्यस्तताले गर्दा त्यो सम्बन्धमा दूरी महसुस भयो । यही दूरीले उनको मनमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्नुपर्ने तिर्खा जागृत गरायो । यही सोचले उनले ‘यो मन त मेरो नेपाली हो’को कथा लेखे । उक्त कथाले फिल्मको रूप लिइसकेको छ र यही असार २७ गते प्रदर्शन हुँदैछ। उनी फिल्मका निर्देशक समेत हुन् । उनको यो फिल्मलाई नेपालको पाठ्यक्रम विकास केन्द्रसमेतले विद्यालयस्तरका बालबालिकालाई देखाउनु उपयुक्त भनेको छ । यसले उनलाई थप उर्जा प्रधान गरेको छ । यसै सन्दर्भमा उनीसँग गरिएको कुराकानी –

‘यो मन त मेरो नेपाली हो’ खासमा के हो?


ट्रेलरमा भुटानबाट खेदिएका नेपालीको कथा हो जस्तो देखिन्छ। के यो त्यही विषयमाथि मात्रै केन्द्रित छ, या त्योभन्दा फराकिलो छ?
यो कथा किन लेख्नुभयो?
म अमेरिका पुगेँ। त्यहाँ विभिन्न देशका मानिसहरूसँग संगत भयो, सँगै काम गरियो। काम गर्दै जाँदा उनीहरूको संस्कार–संस्कृति नजिकबाट बुझ्न पाइयो। अनि लाग्यो — हाम्रो संस्कार, संस्कृति, पहिचान पनि अत्यन्त समृद्ध छ। त्यसैले यो फिल्म नेपालीहरूका लागि त हो नै, यदि सकियो भने विदेशीहरूलाई पनि देखाउने सोच थियो। तर सुरुमा भने आफैंलाई माया गर्न सिकाउने उद्देश्यले बनाइएको हो।
१७–१८ वर्षदेखि विदेशमै बसिरहनुभएको छ। तपाईंले के देख्नुभएको छ — नेपालीहरू के कुराहरू बिस्तारै छोड्दै गइरहेका छन्?
विदेशमा व्यस्तताका कारण मानिसहरू चाहेर पनि भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न सक्दैनन्। त्यसैले विस्तारै ती कुरा बिर्सँदै गइरहेका छन्। यिनै कुरालाई दृश्यमार्फत देखाउँदा संरक्षण गर्नुपर्छ भन्ने भावना जगाउन सकिन्छ। मैले अमेरिका चार स्थानमा शो गरेँ। त्यहाँका धेरै दर्शक, विशेषगरी हजुरबा–हजुरआमाहरूले आफ्ना नातिनातिनालाई नेपाली भाषा सिकाउन थाले, नेपाली कक्षाहरू सञ्चालन हुन थालेको देखेँ। यसले राम्रो प्रभाव पारिरहेको छ।
यो फिल्मबाट तपाईंले के आशा गर्नुभएको छ?
यदि व्यवसायिक हिसाबले मात्र हेरेको भए सायद यो फिल्म बनाउँदिन थिएँ। तर म सन्देश दिन चाहन्थेँ, त्यसैले यो विषय रोजेँ। हिजोका दिनमा विदेश गएका धेरै नेपालीले दुःख पाए। एउटै देशका नेपालीलाई पीर पर्दा अर्को देशका नेपालीले पनि अनुभूति गर्छन्। भावनात्मक रूपमा सहयोग गर्ने सोच हुन्छ। आज सामाजिक सञ्जालले गर्दा हामी एक–अर्कासँग जोडिन सकिरहेका छौं। यदि यसैगरी संसारभरका नेपालीहरू एक भएर जोडिन सके, हामीले नेपाल बनाउने सपना साकार पार्न सक्छौं। नेपाल त स्वर्ग हो — विदेशमा पुगेपछि झनै बुझिन्छ। विदेशिएका आमाबुबालाई अनेक रोग लागे पनि नेपाल फर्काए ७० प्रतिशत रोग आफैं हराउँछ। नेपालसँग यस्तो जादु छ। त्यसैले हामी सबै नेपाली मिलेर नेपालप्रति समर्पित हुनु आवश्यक छ। विदेशमा भए पनि हाम्रो नेपाली मनले केही गर्नुपर्छ भन्ने सन्देश यो फिल्मले दिन खोजेको हो।
तपाईंले जे सोचेर लेख्नुभयो, त्यो फिल्ममा कति उतार्न सफल हुनुभयो?
सोचेजस्तो पूर्णरूपमा त कहाँ हुन्थ्यो र? मैले मेरो तर्फबाट भरपूर प्रयास गरेको छु, सकेसम्म सम्झौता नगरी। तर कमजोरी त रहन्छ नै। मैले अमेरिका चार स्थानमा शो गरेको एउटै कारण थियो — दर्शकहरूले के भन्नुहुन्छ भन्ने बुझ्न र सुधार गर्न। त्यही अनुसार सकेसम्म सुधार गरियो।
यो फिल्म सफल वा असफल हुनुको तपाईंका लागि अर्थ के हो?
यो फिल्म मैले मनको लागि बनाएको हुँ। यदि म सफल–असफलताकै आधारमा हेर्थें भने व्यवसायिक फिल्ममा लगानी गर्ने विकल्पहरू थिए। यो फिल्मले कमाउँछ कि कमाउँदैन भन्ने दर्शकको हातमा छ। तर फिल्म भनेको मेरो र मेरो टिमको तर्फबाट नेपाल, भुटान र संसारभर रहेका नेपालीहरूका लागि एउटा उपहार हो।
