पोखरा । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीले बालश्रममा रहेका ८ जना नाबालिकाको उद्धार गरेको छ । बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले असार १६ गते लेकसाइड क्षेत्रका स्पा सेन्टरहरूमा अनुगमन गरेको थियो । सोही क्रममा प्रहरीले पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट २ जना तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट ४ जना गरी ८ जना बालिकाहरूको उद्धार गरेको हो।

प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकाहरूलाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकहरूलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिनुभयो ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *