वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी गरेर नौलो अभ्यास गरिरहेका छन् । वि.स २०६९ मा नेपाल कृषि कम्पनी स्थापना गरी मोरङको बेलबारी नगरपालिका स्थित डाङ्गीहाटमा ‘आरजु राइस मिल’ स्थापना मात्र गरेनन् धान खेतीलाई यान्त्रिकरण र व्यवसायीकरण गरेर मोरङ, सुनसरी तथा झापाका हजारौं किसानलाई आत्मनिर्भर बनाएका छन् ।

धान दिवसका अवसरमा बस्नेतसँग गरिएको छोटो कुराकानी –

असार १५ गते धान दिवस मनाउने गरिन्छ । यसको औचित्यबारे के भन्नुहुन्छ ?
धान दिवस भन्दा पनि असार १५ गते भनेको दही चिउरा खाने दिन हो । हामीले त्यसरी नै बुझ्ने गरेका छौं । धानसँग जोडिएको दिन पनि हो । धान दिवस नेपालले मनाउनुको आफ्नैखाले औचित्य छ । किनभने हामी चामल खाने जनसमुदायका हौँ । नेपालीहरुको मुख्य खाद्यन्न नै चामल रहेको हुँदा यो दिनको विशेष महत्व र औचित्य छ जस्तो लाग्छ ।

धान दिवसको औचित्य होला तर धान किसानको चाहीं अवस्था नाजुक छ भनिन्छ नि ?
धान किसानहरुको अवस्थाचाहिँ नाजुक नै छ । हाम्रो देशमा करिब ६० प्रतिशत जमिनमा धान खेती छ । यि भनेका सीम खेत हुन, बर्खामा पानी जम्ने खेत हुन् । नेपालमा सबैभन्दा बढी धान उत्पादन हुने खेत छन् । हामीले कति चामल खान्छौं भन्ने त यकिन नहोला तर प्रशस्त मात्रामा चामल खाइरहेका छौं । आफैंले उत्पादन गरेर हामी धान– चामलमा निर्भर हुनु पर्दछ । तर धान–चामलमा आत्मनिर्भर छैनौं । हरेक बर्ष ५५ अर्बसम्मको धान आयात गरिरहेका छौं । त्यो के कारण हो भने हाम्रा धान किसानले सही र आवश्यक मात्रामा धान उत्पादन नगरेर हो । धान किन उत्पादान गरेनन् भन्ने विषयमा अलग्गै बहसहरु गर्न सकिन्छ । तर हामीसँग मुलुकको आवश्यक्ता पुर्ति गर्ने क्षमताको जमिन पनि छ । तरपनि धान किसानले धानको उचितमूल्य पाएका छैनन् । जसका कारण धान खेतीबाट फाइदा नभएकालेखेती गर्न उत्साहित भएको देखिदैन् । निर्वाहममूखी परिवारहरुले आफूलाई पुग्नेमात्र धान रोप्ने गर्छन् । खासमा मूल्य र प्रोत्साहनकै अभावमा किसान मर्कामा परिरहेका छन् । यसका कारण नेपालको अर्थतन्त्रलाई ठूलो असर पारेको छ । किसानले धानबाट जुन समृद्धि हासिल गर्न खोजेका थिए त्यो गर्न सकेनन् ।

त्यसोभए किसानलाई कसरी प्रोत्साहित गर्ने त ?
जुन कामबाट फाइदा हुन्छ, त्यसमा सबै उत्साहित र प्रोत्साहित भइहाल्छन् । जुन कुराले तपाईलाई प्रोत्साहन गर्न खोज्छ र जुन कुराले अगाडि बढ्न प्रेरित गर्छत्यसमा मानिसहरु सिर्जनशिलताका साथ आगाडि आउँछन् । त्यसकारण धान खेतमा फाइदा भएपछि मानिस आफै र्सिजनशिल भएर आँउछन् । अहिलेको मुख्य समस्या भनेको के हो भने धान खेतीबाट किसानहरुलाई फाइदा नै छैन्, घाटा मात्रै छ । प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ ।

यस्तो अवस्थामा तपाईले चाहीं किन धान–चामल व्यवसायमा हात हाल्नु भएको ?
यो व्यवसायमा प्रवेश गर्नु भनेको समाधन दिनका लागि हो । हामीसँगसमाधान छ । हरेक समस्याको सम्भाव्यता र समाधान हुन्छ । धेरै सफल पनि भइसकेका छौं । समाधान खोजेर निचोडमा आउन नसक्दा समस्या भएको हो । गर्नसक्दा धान खेतीबाट किसानलाई फाइदापनि छ । राष्ट्रले पनि मजाले फाइदा लिनसक्छ । किनभने ५५ अर्बको निर्यात रोक्न सक्नुपर्छ । निर्यात रोक्नु भनेको रियल आम्दानी हो । धानमा देखिएको समस्या समाधानको पहिचान गरिसकेपछि त्यसलाई लागु गर्नुपर्छ । व्यवहारिक हिसाबले लागू गर्न सक्नुपर्छ ।

तपाईंको उद्योगबाट किसानले कस्तो किसिमको सुविधा पाएका छन् ?
हामीले किसानहरुलाई दुईवटा मात्र डेलिभरी गरेका छौ । न्यूनतम समर्थन मूल्य निर्धारण गरेका छौ । धानको समर्थन मूल्य निर्धारण गरिसकेपछि किसानलाई फाइदा हुन्छ कि हँुदैन किसानले निर्णय गरी खेती गर्ने हो । न्यूनतम समर्थन मूल्यमा फाइदा भएकैले किसानहरुले धान खेती गरिरहनुभएको छ । धान खरिद गरेर पैसा तुरुन्तै उपलब्ध गराइरहेका छौं । खेत पुनःप्रयोग पनि हुनुपर्छ । धान रोपेर झिकिसकेपछि खेतमा अरु पनि खेती हुनुपर्यो । हाम्रोमा देशमा धान दुईचोटी उत्पादन हुन्छ । त्यसले गर्दा जमिनको सदुपयोग पनि भयो अनि धान मिललाई फाइदा हुनेभयो । मिलले दुई छिमलको धान पाउँछ । मिललाई फाइदा हुँदा सस्तो सूपथ मूल्यमा उपभोक्तालाई चामल विक्री गर्न सकिन्छ । हाम्रो पारिस्थितिक पद्दतीका लागि पनि दुई बाली धान उत्पादन गर्नुपर्छ । सरकारको बजेटमा चैते धान उत्पादनमा बृद्धि गरी आत्मनिर्भर हुने भनेर आयो ।

तर किसानहरु चैते धानको भाउ नपाएर घाटामा गएको समाचारहरु आइरहेका छन् । चैते धानको समस्या के छ भने मध्य बर्खामा हार्डवेस्ट हुन्छ । चैते धानको मोइस्चर २२–२५ प्रतिशत हुन्छ । तर धानको मोइस्चर १४ प्रतिशतमा झार्न सकेनौ भने धान बाफिन्छ र बिग्रन्छ । चैते धानलाई सुकाएर भण्डारण गर्न सक्नुपर्छ । हाम्रो मिलले सबैभन्दा ठूलो लगानी सफा गरेर सुकाउने टेक्नोलोजीमा गरेको छ । हामीले यो दुई महिना भित्रमा करिब करिब ६ हजार टन तयारी गर्यौं । चार टन प्रतिघण्टा धान कुट्नसक्ने सानो मिल भएकाले ६ हजार टन चैते धान वर्षाको समयमा हामीले सुकाएर कुटाउन र भण्डारण गर्न सक्छौ । चैते धान सफल बनाउनका लागि सुकाउने टोक्नोलोजी चाहीं हुनैपर्यो । हामीले त्यसको व्यवस्था गरेका छौं । मूल्य पनि परिवर्तन गर्छौं । सबैभन्दा प्रिमियम धान सुबासी÷बास्नादारलाई हामीले मार्केटिङ गरिरहेका छौं । यो भारतको बास्मती चामल जस्तै हो । झण्डै ९ मिलिमिटर लामो पनि छ । त्यो चैतमा उत्पादन गरेर दशैंताका धानलाई हार्डबेस्ट गर्छौ । यसले किसान, मिल र उपभोक्तालाई पनि फाइदा गर्छ ।

हाम्रो राष्ट्र धानमा आत्मनिर्भर हुन्छ र भोलिका दिनमा निर्यात नै गर्न सकौला । किनभने यो बास्नादार चामल त एउटा वर्गले मात्र खान सक्छन् । हामीले उत्पादन गरिरहेको चामल नेपालमा सबैले खान सक्दैनन् ।महंगो छ तर निर्यात गर्न सकिन्छ । सुवासी धान एकदमै राम्रो उत्पादन भएको छ । हाम्रा किसानहरुले दुई सय बिघा जमिनका यो धान लगाएका छन् । समर्थन मूल्य ४० रुपैयाँ किलोमा खरिद गरिरहेका छौ । किसानलाई सवा चार महिना भित्रमा बिघाको एकदेखि सवा लाख रुपैयाँसम्म आम्दानी भएको छ । हामीले भनिरहेको सम्भावनाहरुलाई पुष्टि गरिसकेका छौ ।

यता, हामीले चामल पनि बेचिरहेका छौं । विदेशी चामलसँग प्रतिस्पर्धा गरेर विदेशी चामल भन्दा गुणस्तरीय र सस्तो मूल्यमा उपभोक्तामा लगेर विक्री गरिरहेका छौं । विदेशबाट आयात गरेको सस्तो चामल टे«डिङ गरेको ल्याइएको छ र व्यापार गरेर ल्याइएको छ । तर भोलि उपभोक्ताहरुले हाम्रो चामलको गुणस्तर, मान्यता र इतिहास बुझिसकेपछि नेपाली चामल नै खान रुचाउँछन् । हरेक नेपालीको चाहना नेपाली चामल खाने नै हुन्छ । गुणस्तर र सस्तो पनि हुने भएपछि किन नखाने त ?यस्ता योजना वा विचार स्थापित हुनलाई वर्ष दिन लाग्न सक्छ । हामी त्यसमा आत्तिएका छैनौं । अहिले उद्योग खोलेका छौं । फाइदामा नै छौं, घाटामा छैनौं । हामीले जुन कार्यक्रम वा मोडल अपनाएका छौं यो नै राष्ट्रले अपनाउनुपर्ने मोडल हो । हरेक खेतीपाती गर्ने तरिका पनि यही हो । हामीले एउटा दृष्टान्त देखायौं । अब यसलाई चलायमान कसले गर्छ म भन्न सक्दिन । कोशी प्रदेशमा चाहीं हामीले नै नेतृत्व लिन्छौं । अर्को वर्ष सायद हामी झापामा ठूलो मिल सञ्चालनमा ल्याउँदैछौं ।

धान निर्वाहमूखी मात्र भयो यसलाई व्यवसायी बनाउन के गर्नुपर्ला ?
म त एउटा विशुद्ध उद्मशिल व्यक्ति हुँ । खेतमा अन्य वालीहरु पनि लगाउन सकिन्छ । धान–तोरी–धानको अवधारणा अनुसार पनि काम गर्न सकिन्छ । यसो गर्दा किसानले दुईदेखि साँढे दुई लाख आम्दानी गर्छन् । हाम्रो मिलको क्षमता तीन हजार बिघा हो । मोरङ, सुनसरी, झापामा दुई लाख बिघा भन्दा बढी खेतीपाती छ । तीन हजार बिघामा वर्षको दुई लाख रुपैयाँ नेट नाफा गर्यो भने ६० करोड रुपैयाँ नाफा हुन्छ । तीन हजार बिघा भनेको एउटा पालिका बराबरको हो ।

बेलबारी नगरपालिकाको खेतीयोग्य जमिन तीन हजार विघा भन्दा बढी होला । परिकल्पना गर्नुहोस, हामीले दिएको जुन न्यूनतम मूल्य छ त्यो सबै धान खेतीमा लागु गर्न सकिन्छ । हाम्रै मोडालिटी पालना गर्ने हो भने निर्यात बढाउन सकिन्छ । आयात घटाउन सकिन्छ । हामीले व्यवहारमा परिर्वतन गरिसकेका छौँ । अब त्यसलाई पालना गर्ने वा गराउने जिम्मा अरुकै हो । राज्यले हामीलाई कति साथ दियो भन्ने कुरा आफ्नो ठाउँमा छ । तर हामीले काम गरेर प्रमाणित गरिसकेका छाँै । अब त्यो कुरालाई नवउद्यमीहरुले कसरी लैजान्छन भन्ने कुरा उहाँहरुमै निर्भर रहन्छ ।

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *