



पोखरा । आफ्नो बाबाको सम्झनामा अर्जुन केसीले ‘मेरो बाबा’ नामक गीत बजारमा ल्याएका छन् । केसीले आफूलाई जन्म दिने बाबा आत्माराम केसीको वर्षदिनको अवसरमा उक्त गीत सार्वजानिक गरेका हुन् ।

गीतमा अर्जुन केसीको स्वर, र शब्द सिर्जना रहेको छ । गायक रामजी पौडेलले गीतमा संगीत दिएका छन् ।


गीतको म्युजिक भिडियोमा गायक केसी स्वयम अभिनय गरेका छन भने लेकबहादुर पहाडी( लालाजी), दिपेन्द्र गौतम, सुजन थापामगर, सपना कोइराला, आशिका केसी र दिपेन्द्र रसाइलीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई समीर रामदामले निर्देशन, छायांकन र सम्पादन गरेका छन् भने भिडियोलाई गायक केसीको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ ।
भिडियो
