पोखरा । प्रथम गण्डकी लोकताराको उपाधि बागलुङका प्रेम विकले हात पारेका छन् । संगीत दिवसका अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लोकतारा कार्यक्रममा १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै विक लोकतारा बनेका हुन् ।

आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा बनेसँगै बिकले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा स्याङ्जाकी शिला गुरुङले दोस्रो स्थान हासिल गर्दै ३१ हजार एक सय ११, तृतीय स्थान प्राप्त गर्ने म्याग्दीका विजय परियारले २१ हजार एक सय ११, सान्त्वना स्थान हासिल गर्ने स्याङ्जाका दिलीप मानन्धरले ११ हजार एक सय ११ रुपैयाँ प्राप्त गरे ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगिलाई निःशुल्क गीत रेकर्डको अवसर पाउने प्रतिष्ठानको गण्डकी प्रदेश कोषाध्यक्ष एवम् लोकतारा कार्यक्रमका संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट आवाज तर्फको उपाधि गोरखाका पवनसिंह परियारलाई प्रदान गरियो ।

प्रतियोगिताको निर्णायक संयोजक गायक दुर्गा रायमाझी निर्णायक सदस्यमा पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, शान्ति गुरुङ र नवराज बराल रहनुभएको थियो । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले गरेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *