



पोखरा । देशकै ठूलो मल्टिप्लेकस चेन क्युएफएक्सले फिल्म ‘ऊनको स्वीटर’ लाई सुपरहिट फिल्मको मान्यता दिएको छ । गत वैशाख २६ गतेबाट रिलिज यो फिल्म तेस्रो सातामा प्रदर्शनरत छ ।

दुई सातामा ८ करोड १० लाख कमाइ गरिसकेको फिल्मको तेस्रो सातामा पनि अकुपेन्ची राम्रो छ । चेन अन्तर्गतका हलमा भएको कमाइको आधारमा यो फिल्मलाई ‘सुपरहिट’ ट्याग दिइएको हो ।


नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ वर्ष २०८२ को पहिलो सुपरहिट फिल्म बनेको हो । यस फिल्ममा विपीन कार्की र मिरूना मगर सहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारको अभिनय छ । म्युजिकल फिल्ममार्फत मन जित्दै आएको आर्टमाण्डुको यो पहिलो फिचर फिल्म हो ।
