पोखरा । जेठ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जन्ते बाख्रो’ को रमाइलो ट्रेलर सार्वजनिक गरिएको छ । झण्डै ४ मिनेटको ट्रेलरमा शीर्ष कलाकारहरू सौगात मल्ल, गरिमा शर्मा र आसिफ शाहबीचको कथा देखाइएको छ ।

कमल नामक अविवाहित युवकको भूमिकामा रहेका सौगात विवाहका लागि युवतिको खोजिमा छन् । संगैका साथीहरू बिदेशिए पनि उनी आफ्नी आमालाई छाडेर जान सकेनन् । त्यसैले उनी आमाको हेरचाह गर्ने युवतिको खोजीमा छन् । त्यसक्रममा उनी गरिमा शर्मा (सम्झना) सँग नजिक हुन्छन् ।उनीहरू एकअर्कालाई मन पराउन थाल्छन् । त्यही बीचमा प्रवेश हुन्छ अर्का कलाकार आसिफ शाहको । अब दुईको मायामा तगारोमाथि तगारो आइपर्छ ।

फिल्मको कथा यसमै अगाडि बढेको सार्वजनिक ट्रेलरबाट बुझन् सकिन्छ । ‘जन्ते बाख्रो’ लाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *