पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको समुद्घाटन समेत गरिएको छ ।

उनले आज देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको हो ।

देवी प्रतिभाले नेपाल भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको‘प्यार से बोलो ना’ शब्दले पोखारा कोटिहोम  गुञ्जायमान भइरहेको छ ।

उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यही मायाको कारण पुनःपोखरामा कथा वाचनको लागि आएकी छु । पोखरा बासीबाट दुई दिनमा एक हजार म्यासेज आयो भने आउँछु भनेको थिए । तर एक घण्टामा नै आयो यो मायाको लागि आभार छु ।’

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *