काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही कार्यक्रमको लागि अहिले नेपाल छन् । नोरा फतेही लाईभ इन नेपाल’ का लागी नेपाल आएकी नोराको शनिबारको कार्यक्रम बन्यो । उनलाई हेर्न ठुलो संख्यामा दर्शक उपस्थित थिए ।

कार्यक्रममा उनीसंगै नेपालका केही कलाकारले पनि आफ्नो प्रस्तुती दिएका थिए । नोराका अलावा कार्यक्रममा दुर्गेशदेखि ‘भ्वाइस अफ नेपाल’ को छैटौं सिजनका विजेता प्रोसेस पाण्डे, फाइनलिस्टरू अर्पणा आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राई र डान्सर तेरिया मगरको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा नोराले ’भ्वाईस अफ नेपाल’ का विजेता प्रोसेस पाण्डेलाई स्नेहपूर्वक अंगालो मार्दै उनको प्रस्तुतिको लागि धन्यवाद दिएकी थिइन् । नोराले अंगालो हालेको उक्त फोटो प्रोसेसले आफ्नो टिकटकमा शेयर गरेका छन् जसले अहिले सामाजिक संजालमा निकै चर्चा बटुलिरहेको छ ।

प्रोसेसको यो ‘फ्यानडम मोमेन्ट’ निकै भावुक र स्नेहपूर्ण देखिएको छ, जसले दर्शकहरूलाई प्रभावित गरेको छ । नोरासँगको उक्त फोटोमा प्रोसेसले ‘के चाहियो र यो भन्दा’ लेखेर भिडिओ पोस्ट गरेका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *